नियम १२९
पूर्व निर्धारित क्षतिपूर्ति
(१) खरिद सम्झौतामा पूर्व निर्धारित क्षतिपूर्तिका सम्बन्धमा
देहायको व्यवस्था गर्न सकिनेछ ः–
(क) आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीको
ढिलाईको कारणले खरिद सम्झौता बमोजिमको काम सो सम्झौतामा
तोकिएको म्यादमा सम्पन्न हुन नसकेमा निजले स्थानीय निकायलाई
सम्झौता रकमको दश प्रतिशतमा नवढ्ने गरी प्रति दिन सम्झौता
रकमको शुन्य दशमलब शुन्य पा“च प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति दिनु
पर्ने तर निजको काबु बाहिरको परिस्थिति परि वा कुनै गल्ति वा
हेलचेक्¥्रयाई नभई कार्यसम्पादन वा आपूर्ति गर्न ढिला भएमा त्यस्तो
क्षतिपूर्ति तिर्न नपर्ने,
(ख) खण्ड (क) बमोजिमको पूर्व निर्धारित क्षतिपूर्ति तिर्दैमा सम्बन्धित
आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायी खरिद
सम्झौता बमोजिमको कार्य सम्पादन गर्ने दायित्वबाट मुक्त नहुने ।